वेबटिभी खबर
दार्चुला । दार्चुलामा एक किशोर र किशोरी मृत फेला परेका छन् ।
जिल्लाको नौगाड गाउँपालिका-४ सिप्टी जाने बाटो बासिडाँडामा अन्दाजी २३/२४ वर्षका किशोर र किशोरीको शव फेला परेको हो ।
किशोरीको शव चोटपटक लागेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । किशोरको शव भिरमा अडकिएको अवस्थामा फेला परेको थियो ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले मृतक किशोरी नौगाड गाउँपालिका-४ की सञ्जिता धामी रहेको बताए ।
उनको शव भन्दा करिब ४०/५० मिटर तल भिरमा किशोरको शव अड्किएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उनको सनाखत हुन सकेको छैन ।
सोही ठाउँमा एउटा फुटाएको र अर्को नफुटाइएको अवस्थामा दुई वटा मोबाइल फेला परेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय गोकुलेश्वरका इन्जार्च प्रहरी निरीक्षक गोबिन्द भण्डारी नेतृत्वको टोली घटनास्थलमा छ ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक भण्डारीले जानकारी दिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij