Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

बैतडी जीप दुर्घटनाका फरार चालक पक्राउ

बैतडी जीप दुर्घटनाका फरार चालक पक्राउ

  • 297
    SHARES
  • बैतडी जीप दुर्घटनाका फरार चालक पक्राउ

    बैतडी । बैतडीमा ६ जनाको ज्यान जाने गरि दुर्घटना भएको जीपका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    खोडपे-बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अन्तर्गत पर्ने बैतडीको पाटन नगरपालिका-८ को झौलेक मोडमा मंगलबार राति ११ बजे से १ ज ७६४ नम्बरको जीप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

    दुर्घटनालगत्तै फरार रहेका चालक बझाङको केदारस्युँका २७ वर्षीय अर्जुन बोहरालाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनलाई ढोल्यामोडबाट नियन्त्रणमा लिइएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए ।

    चालकमाथि सवारी ज्यानसम्बन्धी मुद्दा दर्ता गरेर प्रहरीले अनुसन्धान अघि बढाएको उनले बताए ।

    दुर्घटनामा परी बझाङको केदारस्युँ गाउँपालिका-५ को बाँझका ६० वर्षीय मने बोहरा, ४२ वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मानबहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४० वर्षीय वीरे धामीको मृत्यु भएको थियो ।

    जीपमा सवार अन्य पाँच जनाले हाम फालेर ज्यान बचाएको प्रहरीको भनाइ छ । दुर्घटनापछि क्षतिपूर्तिको मागसहित घटनास्थलमै मृतकका आफन्त बुधबार आन्दोलित भएका थिए ।

    उनीहरूले जीप चालक र साहुलाई नियन्त्रणमा लिन र आवश्यक क्षतिपूर्ति दिन माग गर्दै शव नबुझ्ने तथा घटनास्थलमै शव राखेर चक्काजाम गरेर आन्दोलन गरेका थिए ।

    चालक र साहु सम्पर्कमा आएको र केदारस्युँ गाउँपालिकाले पनि क्षतिपूर्ति दिने भनेपछि उनीहरूले आन्दोलन फिर्ता लिएर शव बुझेको प्रहरीले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij