Logo

२०७८, आषाढ ५ गते शनिवार

२०७८, आषाढ ५ गते शनिवार

एसईई परीक्षा मिति चाँडै घोषणा गर्छौंः शिक्षामन्त्री 

एसईई परीक्षा मिति चाँडै घोषणा गर्छौंः शिक्षामन्त्री 

  • 15.0K
    SHARES
  • एसईई परीक्षा मिति चाँडै घोषणा गर्छौंः शिक्षामन्त्री 

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले एसईई परीक्षा हुने मिति चाँडै घोषणा गर्ने बताएका छन् ।

    मन्त्रालयअन्तर्गत आगामी आर्थिक वर्ष ०७८/७९ को बजेट कार्यान्वयनका सन्दर्भमा मन्त्रालयका सचिव रामप्रसाद थपलिया र बजेट तथा योजना महाशाखाका सहसचिव डा.तुल्सी थपलियासहित सरोकारवालाको छलफलमा मन्त्री श्रेष्ठले यस्तो जानकारी गराएका हुन् ।

    सिंहदरबारस्थित मन्त्रालयमा आइतबार भएको छलफलमा राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले केही दिनपछि बोर्डको बैठक बसेर  एसईई परीक्षाको मिति तय गरिने बताए । ‘गत वर्षकै आधारमा एसईईको परीक्षाफल प्रकाशित गर्नेछौं,’ उनले भने ।

     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology