वेबटिभी खबर
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गएको २४ घण्टामा ३८३ जनाको परीक्षण गर्दा १९ जनामा संक्रमण पुष्टी भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
सीमा नाकामै गरिएको एन्टीजेन परीक्षणमा उनीहरूमा संक्रमण देखिएको निर्देशनालयका कोभिड-१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए ।
यसअघि बिहीबार यस प्रदेशमा ३६ जनामा संक्रमण पुष्टि भएको थियो । केही महिना संक्रमण शून्य रहेको यस प्रदेशमा पछिल्लो समय कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ ।
गत महिना मात्रै यहाँ दुई सय ८८ जनामा संक्रमण पुष्टि भएको थियो । भारतमा कोरोना संक्रमण बढ्दै गएपछि त्यसको असर सुदूरपश्चिममा पनि देखिएको छ ।
यहाँका भारतसँग सीमा जोडिएका जिल्लाका सबै नाकामा हेल्थ डेस्क स्थापना गरेर र स्वदेश भित्रिने सबैको नाकामा कोरोना परीक्षणपछि मात्रै भित्रिन दिइएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।
सुदूरपश्चिममा हालसम्म ६ लाख ५४ हजार चार सय ७१ जनाको कोरोना परीक्षण गरिएकोमा ६२ हजार १८७ जनामा संक्रमण देखिएको छ ।
संक्रमणका कारण हालसम्म छ सय ३५ जनाको ज्यान गइसकेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij