Logo

२०७८, आषाढ ५ गते शनिवार

२०७८, आषाढ ५ गते शनिवार

विना तार चार्ज गर्न मिल्ने आइप्याड बजारमा 

विना तार चार्ज गर्न मिल्ने आइप्याड बजारमा 

  • 104
    SHARES
  • विना तार चार्ज गर्न मिल्ने आइप्याड बजारमा 

    वाशिंटन । विश्वकै अग्रणी सूचना प्रविधि कम्पनी एप्पलले तार विना चार्ज गर्न मिल्ने आइप्याड चाँडै नै बजारमा ल्याउने जनाएको छ ।

    अहिले नयाँ विषेशता सहितको आइप्याड परीक्षणकै क्रममा रहेकाले अर्को बर्षसम्ममा बजारमा आउने कम्पनीले जनाएको छ ।  तार विना चार्ज हुने ट्यावलेट प्लग लगाएर चार्ज गर्ने ट्यावलेटभन्दा बढी टिकाउ हुनेपनि कम्पनीका अधिकारीहरुले जनाएका छन् ।

    चार्जर विना चार्ज गर्न मिल्ने आइप्याडमा अन्य नयाँ विषेशताहरु पनि थप्ने तयारी भइरहेको उनीहरुको भनाइ छ । विना तार चार्ज गर्न मिल्ले डिभाइस एप्पलकै अन्य डिभाइज चार्ज गर्न पनि मिल्ने बताइएको छ ।

    एउटै डिभाइसले आइप्याड वा आइफोनलाई पनि चार्ज गर्न मिल्ने उनीहरुले दाबी गरेका छन् । तार विना पनि चार्ज गर्न मिल्ने भएपछि त्यसको प्रयोग धेरै सजिलो हुने र लोकप्रिय पनि हुने देखिएको छ । 

    प्लगबाट चार्ज गर्नुपर्ने मोवाइलहरु चार्जका लागि विद्युतको लाइन भएकै ठाउँमा राख्नु पर्ने बाध्यताले भएका कतिपय कठिनाइ अव हट्ने भएको छ ।  

  • सम्बन्धित विषय:

  • # आइप्याड

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology