Logo

२०७८, आषाढ ५ गते शनिवार

२०७८, आषाढ ५ गते शनिवार

विश्वकप फुटबल छनोटः नेपाल जोर्डनसँग पराजित

विश्वकप फुटबल छनोटः नेपाल जोर्डनसँग पराजित

  • 86
    SHARES
  • विश्वकप फुटबल छनोटः नेपाल जोर्डनसँग पराजित

    काठमाडौं । सन् २०२२ मा कतारमा हुने विश्वकप तथा २०२३ मा चीनमा हुने एशिया कपको संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको छनोट खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ । गए राति भएको खेलमा नेपाल जोर्डनसँग ३-० गोलअन्तरले पराजित भएको हो ।

    नेपाली खेलाडीमाथि सुरुवातदेखि नै जोर्डनको टोली हावी भएको थियो । जोर्डनले पहिलो हाफमा एक गोल तथा दोस्रो हाफमा दुई गोल गर्न पुग्यो ।

    जोर्डनका लागि बहा फैजलले दुई तथा यजान अल अरबीले एक गोल गरे । जितसँगै जोर्डन समूह बीको दोस्रो स्थानमा उक्लिएको छ । उसको १३ अंक रहेको छ । तेस्रो स्थानमा रहेको कुवेतको १० अंक छ ।

    कुवेत सिटी रङ्गशालामा जोर्डनले खेलको १६औं मिनेटमा गोलको अवसर पाएको थियो । यस्तै खेलको २३औं मिनेटमा रोहित चन्दले डी बक्समा फल गरेपछि जोर्डनले पेनाल्टी पाएको थियो ।

    जोर्डनका बाहा फैजल सेइफले पेनाल्टीमार्फत गोल गरे । नेपाली टिममा युवा खेलाडीको बाहुल्य रहेको थियो । इराक र चाइनिज ताइपेईविरुद्धको खेलमा बेञ्चमै रहेका विकास खवास जोर्डनविरुद्धको सुरुवाती ११ खेलाडीमै परेका थिए । खेलको २९ मिनेटमा घाइते भएपछि उनी मैदानबाट बाहिरिए । उनको स्थानमा सुनिल बल मैदान प्रवेश गरेका थिए । 

    कुवेतमा खेल सञ्चालन हुँदा अधिकतम तापक्रम ४० डिग्री सेल्सीयसभन्दा बढी रहेको थियो । दोस्रो हाफमा जोर्डनले खेलको ४८औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनायो । खेलको ५८औं मिनेटमा मनीष डाँगीले मौका पाए पनि गोल गर्न सकेनन् । खेलको ६७औं मिनेटमा अल अरबीले गोल गर्दै नेपाललाई ३–० ले पछि पारे । नेपालले अब बिहीबार अस्ट्रेलियासँग खेल्नेछ । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology