Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

बालकोटमा प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता हुँदै

बालकोटमा प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता हुँदै

  • 246
    SHARES
  • बालकोटमा प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता हुँदै

    फाइल तस्बिर

    काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताहरूबीच भेटवार्ता हुँदै छ ।

    भक्तपुरको बालकोटस्थित नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निवासमा सोमबार बिहान ९ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच छलफल हुन लागेको हो ।

    बालकोट पुगेर एमाले अध्यक्ष ओलीको स्वास्थ्य लाभको कामना गर्ने  र संसदमा विधेयक अगाडि बढाउन विषयमा छलफल गर्ने कार्यसूची रहेको प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सुर्यकिरण शर्माले जानकारी दिए ।

    विगत केही दिनदेखि संबैधानिक परिषद् सम्बन्धी विधेयक र सत्यनिरूपण तथा मेलमिलाप र वेपत्ता पारिएका नागरिक छानबिन सम्बन्धि विधेयकलाई अगाडि बढाउन शीर्ष नेताहरूबीच छलफल भइरहेकाले सोही विषयमा पनि उनीहरूबीच छलफल हुने उनको भनाइ छ ।

    एमाले अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या भई छलफल अवरूद्ध हुन पुगेकोले आज बिहान ९ बजे प्रधानमन्त्री प्रचण्ड र देउवा ओली निवास बालकोट पुगी स्वास्थ्य लाभको कामना गर्ने र संसदमा विधेयक अगाडि बढाउन समझदारीको लागि छलफल गर्ने  कार्यसूची रहेको उनले बताए ।

  • सम्बन्धित विषय:

  • # बालकोट

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij