Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

सुडानमा तेस्रो दिन पनि भिडन्त जारी, ९७ जनाको मृत्यु 

सुडानमा तेस्रो दिन पनि भिडन्त जारी, ९७ जनाको मृत्यु 

  • 329
    SHARES
  • सुडानमा तेस्रो दिन पनि भिडन्त जारी, ९७ जनाको मृत्यु 

    खार्तुम । सुडानको राजधानी खार्तुममा सेना र अर्धसैनिक बलबीच सोमबार तेस्रो दिन पनि झडप हुँदा मृत्यु हुनेको संख्या ९७ पुगेको छ । झण्डै एक हजार घाइते भएका छन् । 

    सन् २०२१ मा भएको ‘कू’ मा सत्ता कब्जा गरेका दुई जनरल, सुडानका सेना प्रमुख अब्देल फतह अल बुरहान र शक्तिशाली अर्धसैनिक रेपिड सपोर्ट फोर्सेज (आरएसएफ) को कमाण्ड सम्हालिरहेका उनका सहयोगी मोहम्मद हमदान डग्लोबीच हप्तौंदेखि चलेको शक्ति संघर्षपछि शनिबारदेखि हिंसा सुरु भएको हो ।

    खार्तुम र सुडानका अन्य शहरहरूमा हवाई आक्रमण, सडकमा ट्यांकहरू, तोपखानाको गोलाबारी र भारी गोलीबारीसहित भएको भीषण द्वन्द्वले तत्काल युद्धविरामको लागि अन्तर्राष्ट्रिय मागहरू उठाएको छ ।

    सुडानका चिकित्सकहरूको केन्द्रीय समिति, एक अलग लोकतन्त्र समर्थक संगठनले शनिबारदेखि सुरक्षा बलहरूमा दर्जनौंको मृत्यु भएको र नागरिक र सेनासहित लगभग ९४२ जना घाइते भएको जनाएको छ ।

    विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले खार्तुमका नौ वटा अस्पतालमध्ये केहीमा रगत, रक्तसञ्चार उपकरण र अन्य अत्यावश्यक सामग्रीको अभाव भएको भन्दै चेतावनी दिएको छ ।

    यस हिंसाले सुडानी नागरिकहरूलाई आफ्नो घरमा आश्रय लिन बाध्य बनाएको छ साथै लामो द्वन्द्वको डरले देशलाई गहिरो अराजकतामा धकेल्न सक्छ । नागरिक शासनमा फर्कने आशामा तुषारापात भएको छ ।

    विद्रोही र सरकारी सेनाबीच झडप हुँदा सुडानमा ५६ जनाको मृत्यु, ६ सय घाइते विद्रोही र सरकारी सेनाबीच झडप हुँदा सुडानमा ५६ जनाको मृत्यु, ६ सय घाइते

  • सम्बन्धित विषय:

  • # सुडान

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij