Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

सुदूरपश्चिम प्रदेश

मुख्यमन्त्री भट्टलाई कति मत आवश्यक पर्छ ?

मुख्यमन्त्री भट्टलाई कति मत आवश्यक पर्छ ?

  • 490
    SHARES
  • मुख्यमन्त्री भट्टलाई कति मत आवश्यक पर्छ ?

    काठमाडौं । सुदूरपश्चिम प्रदेशको प्रदेशसभा बैठक जारी छ । सत्तासाझेदार नेकपा एमालेले साथ छोडेपछि अल्पमतामा परेका मुख्यमन्त्री त्रिलोचन भट्टले केही बेरमा विश्वासको मत लिने कार्यसूची छ । 

    images

    भट्टले प्रदेशसभामा विश्वासको मत लिनका लागि प्रदेश सचिवालयमा सोमबार नै प्रस्ताव पेश गरेका थिए । १० जेठमा एमालेले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री भट्ट अल्पमतमा परेका थिए । तर एमालेबाट सोही दिन पार्टीबाट निष्काशित वरिष्ठ नेता माधव नेपालका १८ जना सांसदले भने भट्टलाई सर्मथन गर्दै आएका थिए । 

    मंगलबार प्रदेशसभा बस्ने बेलासम्ममा एमालेको ओलीपक्षका सांसदले पनि भट्टलाई विश्वासको मत दिने भएका छन् ।  
    एमाले प्रदेश कमिटीले भने मुख्यमन्त्री भट्टलाई मत नदिन ह्विप जारी गरे पनि नेपाल पक्षले त्यसलाई उल्लंघन गरेको हो ।सुदूरपश्चिममा एमालेको नेपाल पक्षको बहुमत छ । यस्तै विपक्षी नेपाली कांग्रेसले आवश्यक पर्दा मत दिने गरी तटस्थ बस्ने निर्णय गरेको छ । 

    सुदूरपश्चिम प्रदेशसभामा ५२ जना सांसद छन्, मुख्यमन्त्रीलाई विश्वासको मतका लागि २७ सांसदको समर्थन आवश्यक हुन्छ । प्रदेशसभामा मुख्यमन्त्री भट्टको दल नेकपा माओवादी केन्द्रका १३ संसद छन् । प्रदेशसभाको सबैभन्दा ठुलो दल रहेको एमालेका २५ सांसद छन् । तीमध्ये ६ जनामात्र ओली पक्षका छन् । कांग्रेसका १२ सांसद छन् भने जसपाका दुई सांसद छन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology