Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

जर्मनीबाट आइपुग्याे स्वास्थ्य सामग्री

जर्मनीबाट आइपुग्याे स्वास्थ्य सामग्री

  • 577
    SHARES
  • जर्मनीबाट आइपुग्याे स्वास्थ्य सामग्री

    काठमाडौं । कोरोना महामारी नियन्त्रणमा सहयोगस्वरूप जर्मन सरकारले उपलब्ध गराएको १ सय १२ थान भेन्टिलेटरसहितका स्वास्थ्य सामग्री काठमाडौं आइपुगेको छ । 

    नेपालका लागि जर्मनीका राजदूत रोनाल्ड स्याफरले मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ती स्वास्थ्य सामग्री स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङलाई हस्तान्तरण गरेक छन् ।

    युरोपेली संघको बृहत ईयू सोलिडारिटी प्याकेजअन्तर्गत आएका ती स्वास्थ्य सामग्री टर्किस एयरलाइन्समार्फत नेपाल ल्याइएको हो ।

    जर्मनीले सहयोगस्वरुप प्रदान गरेको भेन्टिलेटरसहित ५ वटा आइसोलेसन टेन्ट, २० लाख ६८ हजार ५ सय केएन ९५ मास्क, ४ सय गमबुट, २९ हजार पल्स अक्सिमिटर, ३ करोड ३० लाख सर्जिकल मास्क र २५ हजार लिटर ह्याण्ड स्यानिटाइजर मन्त्री तामाङमार्फत नेपाललाई प्रदान गरिएको हो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij