Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

सिटी होटलको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

सिटी होटलको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

  • 264
    SHARES
  • सिटी होटलको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

    काठमाडौं । सिटी होटलको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

    होटलले चैत २१ गतेदेखि वैदेशिक रोजगारीमा रहेको नेपालीहरूका लागि आईपीओ बिक्री खुला गरेको थियो ।

    होटलले सर्वसाधारणको लागि भने वैशाख २५ गतेदेखि आईपीओ बिक्री खुला गर्ने कम्पनीले जनाएको छ । उक्त आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले आज कार्यालय समयभित्र आवेदन दिनुपर्ने हुन्छ ।

    सिटी होटलले आफ्नो जारी पूँजीको १ अर्ब ६७ करोड ४० लाख रूपैयाँको १० प्रतिशतले हुन आउने १६ करोड ७४ लाख रूपैयाँ बराबरको आईपीओ जारी गरेको हो ।

    जसअनुसार प्रतिशेयर १ सय अंकित मूल्यमा १६ लाख ७४ कित्ता शेयर निष्कासन गरेको र सो मध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई १० प्रतिशत अर्थात् १ लाख ६७ हजार ४ सय शेयर निष्काशन गरेको छ ।

    यसैगरि कम्पनीले कर्मचारीहरुका लागि जारी पुँजीको ४ प्रतिशत अर्थात् ६६ हजार ९६० कित्ता शेयर र सामूहिक लगानी कोषका लागि ५ प्रतिशत अर्थात् ८३ हजार ७ सय कित्ता सुरक्षित गरिएको छ ।

    सर्वसाधारणले बाँकी रहेको १३ लाख ५५ हजार ९४० कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताहरुले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

    लगानीकर्ताले सी-आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरमार्फत शेयर भर्न सक्नेछन् ।

    रेटिङ एजेन्सी केयर नेपालले सिटी होटलको आईपीओलाई ‘केयरएनपी डबल बी प्लस इस्यूअर रेटिङ’ प्रदान गरेको छ ।

    यो आईपीओमा ग्लोबल आईएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

  • सम्बन्धित विषय:

  • # आईपीओ

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij