Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

पोखराको पर्यटन : पटनामा चर्चा 

पोखराको पर्यटन : पटनामा चर्चा 

  • 281
    SHARES
  • पोखराको पर्यटन : पटनामा चर्चा 

    भारत । पोखराको पर्यटनबारे चर्चा भारतको पटनामा गरिएको छ । नेपाल एशोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशको आयोजना एवम् पोखरा महानगरपालिकाको सहयोगमा गरिएको पर्यटन प्रवर्द्धन कार्यक्रमअन्तर्गत पटनामा पोखराको पर्यटकीय सम्भावना, त्यहाँको आतिथ्यतालगायतका विषयमा भारतका पर्यटन व्यवसायीसँग छलफल एवम् अन्तर्क्रिया गरिएको हो ।

    images

    कार्यक्रममा पोखरेली पर्यटन व्यवसायीले पोखरा प्राकृतिक एवम् सांस्कृतिकरूपमा घुम्नैपर्ने गन्तव्य भएको बताउँदै गर्दा पटनाका पर्यटन व्यवसायीले त्यहाँका भोगाइ तथा अनुभवलगायतका विषयमा चर्चा गरेका थिए ।

    कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले प्राकृतिकरूपमा विश्वकै सुन्दर गन्तव्यमध्येमा पोखरा पनि एक भएको बताउँदै आफूहरू विगतदेखि नै ‘अतिथि देवो भवः’ को मन्त्रलाई आत्मसात गर्दै आएको बताए । ‘पोखरा मित्रराष्ट्र भारतका आम सर्वसाधारणका लागि सहजरूपमा घुमेर मनोरञ्जन लिनसक्ने गन्तव्य हो’, उनले भने, ‘भारतसँग नेपालको भौगोलिक निकटतासँगै वर्षौँदेखिको आपसी भाइचारा कायम रहँदै आएको छ ।’

    नजिकैबाट हिमाली दृश्यको अवलोकनसँगै साहसिक पर्यटनका विभिन्न गतिविधि पोखरामा गर्न पाइने बताउँदै उनले आफूहरू सधैं भारतीय पर्यटकको न्यानो आतिथ्यताका लागि तयार रहेको बताए ।

    नाट्टा गण्डकी प्रदेशका अध्यक्ष हरिराम अधिकारीले भारत पोखरा तथा नेपालका लागि महत्त्वपूर्ण पर्यटन स्रोत बजार रहेको बताए । पोखरा सबै किसिमको मौसममा घुम्न उपयुक्त रहेको बताउँदै उनले भारतीय पर्यटकले पोखरा घुम्न आउने क्रममा विगतमा भोग्ने गरेका समस्या बुझ्दै र आगामी दिनमा त्यसको निराकरण गर्ने पनि प्रवर्द्धनात्मक कार्यक्रमको उद्देश्य रहेको बताए ।

    टुरिजम एशोसिएशन अफ विहारका सचिव प्रकाश चन्द्रले पोखरा आफूहरूको रोजाइमा पर्ने गन्तव्यमध्येको एक भएको बताए । भारतीय अधिकांश पर्यटकले घुमाइका क्रममा राम्रैसँग खर्च गर्ने गरेको उल्लेख गर्दै उनले पोखरामा अनलाइन पेमेन्टलाई सहज एवम् प्रभावकारी बनाउन जरुरी रहेको बताए ।

    पोखरा महानगरपालिका पर्यटन विकास समितिका उपाध्यक्ष रवीन्द्रराज पौडेलले पोखरा हरेक मौसममा घुम्न सकिने गन्तव्य भएको बताउँदै धार्मिक पर्यटनसँगै साहसिक पर्यटनका विभिन्न गतिविधि एकसाथ गर्नका लागि पोखरा घुम्न आउन आग्रह गरे ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology