Logo

२०८०, जेठ २० गते शनिवार

२०८०, जेठ २० गते शनिवार

images
images

पशुपति क्षेत्र विकास कोषले गर्‍यो वृद्धाश्रम बनाउन एनआरएनएलाई जग्गा उपलब्ध गराउने निर्णय

पशुपति क्षेत्र विकास कोषले गर्‍यो वृद्धाश्रम बनाउन एनआरएनएलाई जग्गा उपलब्ध गराउने निर्णय

  • 134
    SHARES
  • पशुपति क्षेत्र विकास कोषले गर्‍यो वृद्धाश्रम बनाउन एनआरएनएलाई जग्गा उपलब्ध गराउने निर्णय

    लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले निर्माण गर्ने वृद्धाश्रमका लागि पशुपति विकास कोषले जग्गा उपलब्ध गराउने निर्णय गरेको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष डा.बद्री केसीका अनुसार एक सय कोठाको वृद्धाश्रम निर्माण गर्न कोषले पशुपति क्षेत्रको सिफलस्थित भण्डारेश्वर क्षेत्रको जग्गा उपलब्ध गराउने प्रारम्भिक सैद्धान्तिक सहमति दिने निर्णय गरेको हो ।

    images

    डा.केसीले कोषको पछिल्लो निर्णय स्वागत योग्य भएको बताउँदै अब सो परियोजना अघि बढ्ने जानकारी दिए । डा.केसीले कार्यकारी अध्यक्षको जिम्मेवारी लिए लगत्तै संघका मेघा परियोजनालाई तीव्रताकासाथ अघि बढाउने निर्णय गरेका थिए । भण्डारेश्वर क्षेत्रको जग्गाको क्षेत्रफल एकीन गर्न र सामाजिक कार्यमा प्रयोग गर्ने सम्बन्धमा गुठी संस्थानसँग समन्वय गरी आवश्यक गृहकार्य गर्न व्यवस्थापनलाई निर्देशन दिएको थियो ।

    सय कोठाको वृद्धाश्रम निर्माणका लागि डिजाइन, लगात अनुमान, निर्माण सम्पन्न हुने अवधि, सञ्चालन गर्ने कार्यविधिसहित विस्तृत कार्ययोजना गैरआवासीय नेपाली संघसँग माग गर्ने र कार्ययोजना प्राप्त भएपछि गुठी संस्थानको समेत सहभागिता गराइ कार्यसम्पादन समितिमा छलफल गरी स्वीकृतका लागि सञ्चालक परिषद्मा पेश गर्ने निर्णय गरिएको थियो ।

    एनआरएनएले नेपालमा एक सय कोठा क्षमता भएको वृद्धाश्रम बनाउने घोषणा गरेको थियो । संघको नवनिर्वाचित कार्यसमितिको ८४ औं बैठकले पशुपति क्षेत्रमा उक्त आश्रम बनाउने निर्णय गरेको हो । उक्त परियोजना सम्पन्न गर्नका लागि अध्यक्ष कुल आचार्यको एक करोड र बैठकमा सहभागी अन्य पदाधिकारी तथा कार्यसमितिका सदस्यहरूबाट तीन करोड ५६ लाख ५० हजार रुपैयाँको प्रतिबद्धता गरेका थिए । आचार्य सहितको सो प्रतिबद्धता अनुसार पैसा उठ्न सकेको छैन ।

    संघले आगामी कार्यकाल संचालनका लागि कार्यविधि तयार गर्न उपाध्यक्ष डा.हेमराज शर्माको नेतृत्वमा महासचिवद्वय गौरीराज जोशी र केशव पौडेल, प्रवक्ताद्वय सोम सापकोटा र शिवकुमार बरुवाल रहने गरी कार्यदल गठन गरिएको थियो ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology