Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

बन्दीपुरमा लामो समयपछि चिनियाँ पर्यटकको आगमन

बन्दीपुरमा लामो समयपछि चिनियाँ पर्यटकको आगमन

  • 283
    SHARES
  • बन्दीपुरमा लामो समयपछि चिनियाँ पर्यटकको आगमन

    तनहुँ । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा चिनियाँ पर्यटक भित्रिएका छन ।

    कोभिड-१९ को संक्रमण सुरु भएपछि २०७६ चैतबाट चिनियाँ पर्यटकको आगमन बन्द भएको बन्दीपुरमा तीन वर्षपछि पहिलो पटक चिनियाँ पर्यटक आएका हुन ।

    बन्दीपुरमा लामो समयपछि चिनियाँ पर्यटकको आगमन भएपछि होटल व्यवसायी उत्साहित भएका छन । होटल हिमालय दरबारका सञ्चालक वैश गुरुङले कोरोना पछि पहिलो पटक चिनियाँ पर्यटक बन्दीपुर भित्रिएको जानकारी दिए ।

    ‘कोरोना पछि नेपालमा चिनियाँ पर्यटक आएका थिएनन्, कोरोनाभन्दा पहिला बन्दीपुरमा विदेशीमध्ये चिनियाँ पर्यटक बढी हुन्थे,’ गुरुङले भने, ‘कोरोनाले सुस्ताएको बन्दीपुरको पर्यटन अब विस्तारै लयमा फर्किदैछ ।’

    काठमाडौं ओर्लिएपछि पोखरा जाने क्रममा एकरात बिताउन भएपनि पर्यटक बन्दीपुर आउने गरेको गुरुङले जानकारी दिए । ‘बन्दीपुरमा आएकामध्ये आधाजसो पर्यटक पोखरा र काठमाडौं जाने तयारीमा छन्’, गुरुङले भने ।

    बन्दीपुरमा यतिबेला अन्य देशका विदेशी पाहुनाको भने चहलपहल भइरहेको छ । चीनले फागुन १ गतेदेखि पर्यटकका रूपमा घुम्न जान पाइने देशको सूचीमा नेपाललाई पनि सूचीकृत गरेको थियो ।

    बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष एवम् होटल हेरिटेजका सञ्चालक किसन प्रधानले बन्दीपुरको पर्यटन विस्तारै लयमा फर्किदै गरेको बताए ।

    सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दिपुर पुगिन्छ । जहाँबाट मनोरम हिमशृङ्खला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ । बन्दीपुरमा होटल संघसँग आवद्ध साना ठूला गरी ७७ होटल सञ्चालनमा छन ।

    भक्तपुरे शैलीमा निर्माण गरिएको घरहरू, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्र लगायतकास्थल यहाँ आउने पर्यटकको आकर्षणको केन्द्रविन्दु बन्ने गरेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij