Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

अहिलेसम्म के-के गरेँ बल्ल देखिँदै छः मुख्यमन्त्री भट्ट

अहिलेसम्म के-के गरेँ बल्ल देखिँदै छः मुख्यमन्त्री भट्ट

  • 719
    SHARES
  • अहिलेसम्म के-के गरेँ बल्ल देखिँदै छः मुख्यमन्त्री भट्ट

    काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विकास र समृद्धिमा निरन्तर अघि बढ्ने बताएका छन् ।

    images

    मंगलबार सम्पन्न प्रदेशसभा अधिवेशनमा आफूलाई विश्वासको मत दिएर मुख्यमन्त्रीमा सुरक्षित गरिदिएकोमा उनले प्रदेश सांसदहरूलाई धन्यवाद दिँदै आफूले पाएको सोही विश्वासका आधारमा आगामी योजनामा अघि बढ्ने बताएका छन् ।

    विश्वासको मत पाइसकेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मुख्यमन्त्री भट्टले सुदूरपश्चिम प्रदेशलाई आफूले तीन वर्षभन्दा लामो समयदेखि नेतृत्व गरेको र अब पनि यही स्प्रिटमा अघि बढ्ने बताए ।

    प्रदेशसभाको कार्यकाल करिब डेढ वर्ष अझै रहेको प्रस्ट पार्दै उनले यो अवधिमा आफ्नो नेतृत्वको सरकारले गरेका कामको परिणामहरू निरन्तर देखिने दाबी गरे । लोकतन्त्र, राष्ट्रियता, र संविधानको रक्षा गर्दै जनताले दिएको मतअनुसार काम गर्ने नै आफ्नो मुख्य प्राथमिकता रहने उनले बताए ।

    ‘अहिलेसम्म हाम्रो सरकारले के-के काम गर्यो भन्ने बल्ल देखिन थालेको छ । यो अवधिमा हामीले ऐन र कानून निर्माण गर्न समय खर्चियौं, अब ती कुराहरूमा अल्झिनुपर्ने छैन,’ उनले भने, ‘अब पूर्वाधार निर्माण र विकासलाई निरन्तरता दिइने छ । प्रदेशमा अझै देखिने गरी काम गर्छौं,’ मुख्यमन्त्री भट्टले भने ।

    १ सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री भट्टलाई ३० सांसदले विश्वासको मत दिए । उनलाई बहुमत सिद्ध गर्नका लागि २७ मत आवश्यक पर्थ्यो । एमालेको खनाल-नेपाल समूहले भोट दिएपछि मुख्यमन्त्री भट्टले विश्वासको मत पाएका हुन् ।

    मतदानमा ५१ जना सांसद नै उपस्थित रहेका थिए । मुख्यमन्त्रीको विपक्षमा ९ मत खसेको थियो । कांग्रेसका १२ जना सांसद भने मतदानमा सहभागी भएनन् । कांग्रेसले भने ‘नो भोट’ को नीति लिने तर मुख्यमन्त्रीलाई मत नपुग्ने अवस्थामा उनको पक्षमा मतदान गर्ने निर्णय लिएको थियो ।

    माओवादी केन्द्रका १३ सांसद रहेकामा एमाले संसदीय दलले समेत समर्थन गर्ने निर्णय गरेपछि भट्टको मुख्यमन्त्री पद जोगिएको हो । प्रदेशसभामा सभामुखबाहेक एमालेका २४ जना सदस्य छन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology