वेबटिभी खबर
काठमाडौं । पाँचथरको फिदिम बजारमा सिटी हल बन्ने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको स्वामित्वमा रहेको पाँच रोपनी जग्गामा सिटी हल बन्ने भएको हो । सिटी हल बन्ने भएपछि लिमिटेडको नाममा रहेको सो जग्गा नयाँ सहर आयोजना कार्यालय फिदिमका नाममा पास गरिएको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा यही वैशाख २३ गते बसेको मन्त्रिपरिषदको बैठकले उक्त जग्गा नयाँ सहर आयोजना कार्यालय फिदिमका नाममा विक्री पास गर्ने निर्णय गरेको थियो । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङको पहलमा सिटी हल निर्माण हुने भएको हो ।
गोदाम र जग्गा विक्री तथा मूल्यांकन समिति पाँचथरको ०७७ मंसिर ३० गते बसेको बैठकले लिमिटेडको जग्गा र गोदामको मूल्य साढे ३ करोड रुपैयाँ निर्धारण गरेको थियो । उक्त मूल्य बमोजिम लिमिटेड सञ्चालक समितिको ०७७ पुष ९ गते बसेको बैठकले बिक्रीका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई प्रस्ताव गरेको थियो।
आयोजना कार्यालय फिदिमका नाममा जग्गा पास भएसँगै उक्त जग्गामा ब्यवस्थित सिटी हल निर्माण कार्य अगाडि बढ्ने मन्त्री नेम्वाङले बताए । ‘सिटी हल निर्माणका लागि यसै आर्थिक वर्षमा विस्तृत आयोजना प्रतिवेन ९डीपीआर० तयार हुनेछ,’ मन्त्री नेम्वाङले भने ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij