Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

सिरहामा प्रदर्शनकारी र प्रहरीबीच झडप, स्थिति तनाव ग्रस्त 

सिरहामा प्रदर्शनकारी र प्रहरीबीच झडप, स्थिति तनाव ग्रस्त 

  • 275
    SHARES
  • सिरहामा प्रदर्शनकारी र प्रहरीबीच झडप, स्थिति तनाव ग्रस्त 

    सिरहा । सिरहाको मिर्चैया नगरपालिकाले घर तथा पसलहरू भत्काए पछि स्थानीय आन्दोलनमा उत्रिएका छन ।

    सात दशकदेखि बजारमा घर बनाएर बसोवास गर्दै आएका स्थानीयको घर नगरपालिकाले भत्काइदिएपछि उनीहरू आन्दोलनमा उत्रिएका हुन ।

    संघर्ष समितिले आज नगरपालिका घेराउ कार्यक्रम राखेको थियो । सयौंको संख्यामा आएका आन्दोलनकारीले नगरपालिका भवनमा तोडफोडसँगै नगर प्रमुख चढने गाडीमा तोडफोड गरेका छन ।

    उनीहरूले आफूहरूले उठाएका विषयहरूको जवाफ मेयर श्रवणकुमार यादवले दिनुपर्ने माग गरी प्रदर्शन गरहेका थिए । मेयर यादव बाहिर नआएपछि प्रदर्शनकारी नगरपालिकाभित्र प्रवेश गर्न खोज्दा प्रहरीले रोकेपछि स्थानीयले नगरपालिका कार्यालयमा ढुंगामुढा गर्न थालेपछि स्थिति तनावग्रस्त बनेको हो ।

    आक्रोशित स्थानीयहरूले मिर्चैया नगरपालिकाको गेट तोडफोड गर्न थालेपछि प्रहरीले आन्दोलनकारिलाइ रोकन १० सेल आसुगयास र ७ राउन्ड  हवाई फायरिङ गरेको छ ।

    प्रहरी र आन्दोलनकारी बिच भएको झडपमा ५ जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता रविन्द्रराज पाण्डेले जनाएका छन । प्रवक्ता पाण्डेले भने , ‘घाइते प्रहरीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको र अहिले अवस्था सामान्य छ ।’

    सिरहा जिल्लास्थित मिर्चैया नगरपालिकाले संरचना निर्माण र नगर सुन्दर बनाउने नाममा बजार क्षेत्रका घर भत्काएपछि स्थानीयहरू आक्रोशित भएका हुन ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij