Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

उपनिर्वाचन

मतदानस्थलमा खटिए कर्मचारी

मतदानस्थलमा खटिए कर्मचारी

  • 314
    SHARES
  • मतदानस्थलमा खटिए कर्मचारी

    चितवन । चितवन क्षेत्र नं २ मा यही वैशाख १० गते हुने उपनिर्वाचनका लागि मतदान स्थलमा कर्मचारी खटिएका छन । ४३ स्थलका एक सय ३८ केन्द्रमा छ सय ९० कर्मचारी खटिएका हुन ।

    मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी इश्वरी आचार्यका अनुसार मतदान अधिकृतलाई दुई दिनको तालिमसँगै आज मतदान केन्द्रमा खटाइएको छ ।

    एक मतदान केन्द्रमा पाँच जना कर्मचारी खटाइएको सूचना अधिकारी आचार्यले जानकारी दिए । कर्मचारीसँगै निर्वाचनका लागि आवश्यक ७७ प्रकारका सामग्री पठाउन लागिएको उनले बताए ।

    मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट मतपत्र र जिल्ला निर्वाचन कार्यालयबाट अन्य सामग्री वितरण गरिएको छ । उपनिर्वाचनका लागि एक लाख ३८ हजार मतपत्र चितवन आइसकेका छन ।

    हरेक मतदान केन्द्रमा मतदाता संख्याभन्दा पाँचदेखि १० प्रतिशत बढी मतपत्र पठाइने  सूचना अधिकारी आचार्यको भनाइ छ । मतदान केन्द्रमा कर्मचारी खटिएसँगै स्थानीयस्तरमा दलका प्रतिनिधिसँग छलफल र अन्य प्रक्रिया सुरु गरिने छ ।

    मतदानका लागि कर्मचारीसँगै सुरक्षाकर्मीसमेत आज साँझनै हरेक स्थलमा पुगिसक्ने उनले बताए । यस क्षेत्रमा एक लाख २४ हजार छ सय ९५ मतदाता रहेका छन । तीमध्ये ६३ हजार दुई ९१ महिला, ६१ हजार चार सय तीन पुरुष र एक जना तेस्रो लिङ्गी रहेका छन ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij