वेबटिभी खबर
काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले उपचुनावले आमजनताको पछिल्लो मूड मापन गर्ने बताएका छन् ।
पुराना स्थापित दलप्रति निराशा र नयाँ दलप्रति जनताको आशा बढिरहेका बेला डा.भट्टराईले उपचुनावले आमजनताको मूड मापन गर्ने बताएका हुन् ।
बिहीबार राति पूवप्रधानमन्त्रीसमेत रहेका डा.भट्टराईले भने,‘आमचुनावको ५ महिनालगत्तै हुन लागेको वैशाख १० को उपचुनावले संसदीय अंकगणित र सरकारको आयुवारे तात्विक असर नगरे पनि आमजनताको पछिल्लो मूडको सही मापन गर्नसक्छ ।’
तीनवटै उपनिर्वाचन प्राकृतिक थिए कि अप्राकृतिक भन्ने जनताको फैसलाले भावी राजनीतिक कोर्सको निर्धारण गर्ने बताउँदै डा.भट्टराईले जनमतको प्रतीक्षा गर्नुपर्ने बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij