वेबटिभी खबर
बाँके । बाँकेको भेरी अस्पताल नेपालगञ्जमा कोरोना संक्रमणबाटमा एक जनाको मृत्यु भएको छ ।
राप्तीसोनारी गाउँपालिका-२ का ८६ वर्षीय वृद्धको उपचारका क्रममा आज मृत्यु भएको भेरी अस्पतालका प्रमुख डा.प्रकाश थापाले जाानकारी दिए ।
स्वास्थ्यमा समस्या देखिएपछि उनलाई भेरी अस्पताल लगिएको थियो । उनलाई यही वैशाख १ गते कोभिड संक्रमण पुष्टि भएको थियो । बिरामीलाई गत एक हप्तादेखि उपचारमा राखिएको र उनलाई दमको समस्या रहेको बताइएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij