वेबटिभी खबर
काठमाडौं । म्याग्दीस्थित धौलागिरि हिमालमा एकजना भरिया बेपत्ता भएका छन् भने दुई जनाको सकुशल उद्धार गरिएको छ ।
आठ हजार १६७ मिटर अग्लो धौलागिरि हिमाल म्याग्दीको धौलागिरि गाउँपालिकाको वडा नं ४ मा अवस्थित छ ।
धौलागिरि आधार शिविरमा आरोहीको सामान पुर्याएर फर्कने क्रममा शुक्रबार साँझ उनीहरू हिउँ पहिरोमा पुरिएका थिए ।
बेपत्ताको खोजीका लागि शनिबार हेलिकोप्टरमार्फत धौलागिरि आधार शिविर पुगेर फर्कनुभएका म्याग्दी दानाका इन्द्रसिंह शेरचनका अनुसार सोलुखुम्बुको सोलदूधकुण्ड नगरपालिका-१ नुथला फुलेली गाउँका २० वर्षीय अमृत राई बेपत्ता भएका हुन् ।
अमृतसँगै बेपत्ता भएका सोही ठाउँका धिरज राई र अर्जुन राईको शनिबार शेर्पाहरूको टोलीले सकुशल उद्धार गरेर इटली आधार शिविरमा पुर्याइएको शेरचनले जानकारी दिए ।
उनीहरू सेभेन समिट ट्रेक काठमाडौंबाट भरियाका रूपमा आधार शिविरमा आएका थिए । जापानीज आधार शिविर नजिकै हिउँपहिरामा परेका थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij