Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

एसीसी प्रिमियर कप : आज नेपाल र साउदी अरब भिड्दै

एसीसी प्रिमियर कप : आज नेपाल र साउदी अरब भिड्दै

  • 319
    SHARES
  • एसीसी प्रिमियर कप : आज नेपाल र साउदी अरब भिड्दै

    काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटमा आज दुई खेल हुँदैछन् ।

    कीर्तिपुरस्थित खेल मैदानमा हङकङ र बहराइनबीच प्रतिस्पर्धा हुनेछ भने मुलपानी मैदानमा नेपाल र साउदी अरबबीच प्रतिस्पर्धा हुनेछ ।

    दुवै खेल बिहान पौने ९ बजे सुरु हुनेछ । यसअघि भएको खेलमा नेपालले ओमानलाई ८४ रनले हराएको थियो भने साउदी अरबले कतारलाई सात विकेटले हराएको थियो ।

    यसअघिको खेलमा बिजेता रहेका दुवै टोली आज मैदानमा उत्रन लागेका हुन ।

    उता हङकङ भने यूएईलाई डीएल पद्धतिमा ६७ रनलाई हराएर बहराइनसँग भिडन लागेको हो भने बहाराइन यस अघिको खेलमा कुवेतसँग दुई विकेटलाई पराजित भएको टिम हो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij