वेबटिभी खबर
तनहुँ । प्रतिनिधि सभा उपनिर्वाचनका लागि भएको मतदानको मतगणना तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. स्वर्णिम वाग्ले आफ्ना प्रतिस्पर्धीभन्दा दोब्बर मतले अग्रता लिएका छन् ।
सार्वजनिक पछिल्लो मतपरिणाम अनुसार वाग्लेले ५ हजार ९०० मत प्राप्त गर्दा नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले २ हजार ६८७ मत पाएका छन् ।
यस्तै नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले १ हजार ६५७ मत प्राप्त गर्दै भट्टराई र वाग्लेलाई पछ्याईरहेका छन् । वाग्लले आफ्नो सुरुवाती अग्रतालाई हालसम्म कायमै राखेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij