वेबटिभी खबर
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य सुधारोन्मुख रहेको र उपचारसँग सम्बन्धित केही परीक्षण भइसकेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
राष्ट्रपति पौडेल हाल भारतको नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेन्स (एम्स) मा उपचाररत छन । राष्ट्रपति पौडेल यही वैशाख ६ गते थप उपचारका लागि भारत गएका थिए । उपचारमा संलग्न चिकित्सकका अनुसार पौडेलको स्वास्थ्य सुधारोन्मुख रहेको छ ।
एन्टिबायोटिकको प्रयोगका कारण राष्ट्रपति पौडेल केही शिथिल भएपनि सामान्य हिँड्डुल गर्ने अवस्थामा रहेको परिवारका सदस्यले जानकारी दिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij