Logo

२०७८, आषाढ ५ गते शनिवार

२०७८, आषाढ ५ गते शनिवार

काठमाडाैंमा मंगलबार नौ हजारले लगाए खोप 

काठमाडाैंमा मंगलबार नौ हजारले लगाए खोप 

  • 101
    SHARES
  • काठमाडाैंमा मंगलबार नौ हजारले लगाए खोप 

    काठमाडौं । मंगलबारबाट सुरु भएको कोरोना भाइरसिवरुद्धको चिनियाँ खोप (भेरोसेल) काठमाडौं महानगरपालिकाभित्र करिब ९ हजारले लगाएका छन् ।

    महानगरभित्रका ३२ वटा वडामा ४ हजार ४१९ जना पुरुष र ४ हजार ३२७ जना महिला गरी कुल ८ हजार ७४६ जनाले भेरोसेल लगाएका हुन् ।

    महानगरले पाँच दिनसम्म खोप अभियान चलाउने तालिका बनाएको छ । त्यसमा मंगलबार  ६४ वर्षकाले मात्रै खोप लगाएका छन् । बुधबार ६३ वर्ष, बिहीबार ६२, शुक्रबार ६१ र शनिबार ६० वर्षकालाई खोप लगाउने योजना छ ।

    चीनले अनुदानमा १० लाख डोज खोप दिएपछि सरकारले मंगलबार देखि देशव्यापी रुपमा खोप अभियान चलाएको हो ।

    खोप अभियानअन्तर्गत त्यकाका तीन जिल्लामा ६० देखि ६४ बर्ष र उपत्यका बाहिर ६२ देखि ६४ बर्ष समूहका व्यक्तिलाई खोप दिइने छ । तिब्बतसँग सिमा जोडिएका जिल्लामा भने १८ बर्ष माथिका सबैलाई खोप लगाइने महानगरले जनाएको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology