Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

तरकारी बेच्न परिचयपत्र अनिवार्य

तरकारी बेच्न परिचयपत्र अनिवार्य

  • 261
    SHARES
  • तरकारी बेच्न परिचयपत्र अनिवार्य

    दाङ । तुलसीपुर उपमहानगरपालिकाले कृषिजन्य वस्तु बिक्री वितरणका लागि परिचयपत्र अनिवार्य गरेको छ । स्थानीयस्तरमा उत्पादन गरिएका कृषिजन्य वस्तुको बजारीकरणका लागि अनिवार्य परिचयपत्र वितरण गर्न लागिएको हो ।

    स्थानीय उत्पादन बिक्री वितरण गर्ने लक्ष्यअनुरुप यो कार्य अगाडि बढाइएको उपमहानगरपालिकाका कृषि महाशाखा प्रमुख धनराज गौतमले बताए ।

    उनले भने, ‘अहिले बजारमा भारतबाट आएको तरकारी र बाहिरबाट आएका व्यापारीको वर्चश्व रहने गरेको छ । त्यसले गर्दा स्थानीय उत्पादनले बजार पाउन सकेको छैन, यसलाई ध्यानमा राखि परिचयपत्र लागू गरेका हौँ ।’

    तुलसीपुरका १९ वटै वडाले सम्बन्धित वडाका किसानलाई सूचीकृत गर्न आह्वान गरेका छन् । किसानलाई परिचयपत्र वितरण गरिएसँगै बिहान ४ देखि ८ बजेसम्म तुलसीपुर बजारमा तरकारी बेच्न पाउने भएका छन् ।

    तर परिचयपत्र नभएकालाई बिक्री वितरण गर्न दिइने छैन । कृषिजन्य वस्तुको बिक्री वितरणका लागि वडा नम्बर १२ मा हाटबजारको व्यवस्था गर्न लागिएको छ ।

  • सम्बन्धित विषय:

  • # तरकारी

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij