Logo

२०७८, आषाढ ५ गते शनिवार

२०७८, आषाढ ५ गते शनिवार

असन्तुष्ट ब्राजिल फुटबल टिम कोपा अमेरिकामा सहभागी हुने 

असन्तुष्ट ब्राजिल फुटबल टिम कोपा अमेरिकामा सहभागी हुने 

  • 92
    SHARES
  • असन्तुष्ट ब्राजिल फुटबल टिम कोपा अमेरिकामा सहभागी हुने 

    ब्राजिलिया । अन्तिम समयमा आएर घरेलु मैदानमा खेल हुने भनेपछि निराश भएको ब्राजिलको राष्ट्रिय फुटबल टिम जुन १३ बाट सुरु हुने कोपा अमेरिका फुटबल प्रतियोगिता खेल्न सहमत भएको छ। ब्राजिल फुटबल संघका कार्यवाहक अध्यक्ष एन्टोनियो कार्लोसले मंगलबार आफ्नो टिम प्रतियोगितामा सहभागी हुने जानकारी दिएका हुन्  ।
     
    यसअघि केही खेलाडीले प्रतियाेगिताकाे विराेध गर्दै सहभागी नहुने बताएका थिए । गत वर्ष हुने भनिएको खेल कोरोना भाइरसको महामारी कारण स्थगित भएको थियो ।

    कोलम्बिया र अर्जेन्टिनाले संयुक्त आयोजना गर्ने गरी तय भएको खेल अन्तिम समय ब्राजिलमा हुने भनिएपछि खेलाडीले विरोध गरेका हुन् । ती देशमा कोरोना भाइरसको महामारी र राजनीतिक गतिविधिका कारण ब्राजिलले आयोजना गर्न लागेको हो । 

    बुधबार ब्राजिलका खेलाडीहरूले सामाजिक मिडियामार्फत् प्रतियोगिता ब्राजिलमा सार्ने निर्णय गरेकाले दक्षिण अमेरिकन फुटबलको नियामक निकाय कन्मेबोलसँग असन्तुष्ट रहेको बताएका थिए । 

    खेलनजिकै आइसकेका वेला ब्राजिलको विपक्षी दलले कोरोना महामारीका बीच प्रतियोगिता गर्न लागेको भन्दै जयर बोल्सोनारोको सरकारविरुद्ध मुद्दा दर्ता गरेको छ । खेल तालिकाअनुसार जुन १३ मा ब्राजिल र भेनेजुएलाले पहिलो खेल खेल्नेछन् । 

    कोपा अमेरिका फुटबल ब्राजिलमा हुने  कोपा अमेरिका फुटबल ब्राजिलमा हुने 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology