Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

विद्यालयमा राजनीति कल्पनासम्म गर्न सक्दैनौँ : बालेन साह

विद्यालयमा राजनीति कल्पनासम्म गर्न सक्दैनौँ : बालेन साह

  • 212
    SHARES
  • विद्यालयमा राजनीति कल्पनासम्म गर्न सक्दैनौँ : बालेन साह

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले विद्यालयमा राजनीतिक गर्न पाउनुपर्ने भन्दै ताला लगाउने प्रयास विफल भएको बताएका छन्  ।

    images

    नेकपा बहुमत निकट अनेरास्ववियु क्रान्तिकारीले महानगरपालिकाको शिक्षा विभागमा लगाएको ताला फुटाएपछि मेयर शाहले विद्यालयमा राजनीति बर्जित गरिएकोसमेत जनाएका छन् ।

    ‘विद्यालय पढ्ने ठाउँ हो, हामी विद्यालयमा राजनीति गर्ने कुरा कल्पना सम्म गर्न सक्दैनौ’ मेयर साहले शुकबार फेसबुकमा लेखेका छन, ‘यसै सन्दर्भमा काठमाडौं महानगरपालिकाले विद्यालयमा राजनीतिक गतिविधि वर्जित गरिएको सूचनाको विरोध गर्दै एक अमुक दलगत शैक्षिक संगठनले ताला लगाउने दुष्प्रयास यथाशीघ्र ताला फेरेर विफल पारेको छ।’

    महानगरपालिकाले गत म‌गलबार महानगरभित्रका विद्यालयमा राजनीतिक दल र दलका भातृ संगठनको राजनीतिक कार्यक्रम गरे र गराउने अनुमति दिने प्रधानाध्यापकलाई विभागीय कारबाही गर्ने चेतावनीसहित परिपत्र जारी गरेको थियो ।

    उक्त परिपत्र जारी भएपछि नेकपा बहुमत निकट बिद्यार्थी संगठनले हिजो महानगरको शिक्षा विभागमा तालाबन्दी गरेका हुन्, जुन तालाबन्दी हिजो नै तोडिएको महानगरपालिकाले जनाएको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology