Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

५० प्रतिशत अनुदानमा ट्र्याक्टर पाउँदा किसान हर्षित

५० प्रतिशत अनुदानमा ट्र्याक्टर पाउँदा किसान हर्षित

  • 888
    SHARES
  • ५० प्रतिशत अनुदानमा ट्र्याक्टर पाउँदा किसान हर्षित

    काठमाडौं । कास्कीको मादी गाउँपालिकाले व्यावसायिक किसानलाई हातेट्र्याक्टर वितरण गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्षको कृषितर्फको स्वीकृत कार्यक्रमअन्तर्गत मंगलबार ५० प्रतिशत लागत साझेदारीमा २४ वटा हातेट्र्याक्टर वितरण गरेको हो ।

    images

    गाउँपालिकाको १ देखि १२ वडाका कृषक, कृषक समूह तथा कृषि व्यवसायमा संलग्न संघ संस्थाबाट प्रस्ताव आह्वान गरिएकामा ६१ जनाले माग गरेका थिए । पहिलो चरणमा ‘सात हर्सपावर’ का २४ वटा ट्र्याक्टर कृषकलाई उपलब्ध गराइएको गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरूङले जानकारी दिए ।

    प्रति ट्र्याक्टर ५४ हजार मूल्यमा कृषकले ५० प्रतिशत साझेदारी गरेका छन् । अध्यक्ष गुरुङका अनुसार कृषकको व्यावसायिक योजनाको मूल्यांकनका आधारमा थप १७ कृषकलाई दोस्रो चरणमा ट्र्याक्टर वितरणको योजना छ । जमीन खनजोतका लागि गोरू पाल्न कृषकले झन्झट मान्ने र लागत बढी हुँदा पछिल्लो समय कृषकहरू हातेट्र्याक्टरतर्फ आकर्षित छन् ।

    गाउँपालिकाले कृषिको विकासलाई प्राथमिकतामा राखेको बताउँदै अध्यक्ष गुरूङले भने, ‘कृषि व्यवसायलाई समयानुकूल परिर्वतन गर्दै यान्त्रिकीकरण र आधुनिकीकरणका माध्यमबाट अधिकतम उत्पादन बढाउँदै रोजगारी सिर्जना र स्वरोजगार अभिवृद्धिको योजना छ ।

    समृृद्ध मादी निर्माणका लागि कृषि, पर्यटन, जलस्रोत, वन, पूर्वाधारसहित समन्यायिक समृद्धिलाई जोड दिएका छौँ । कृषि क्षेत्रको आधुनिकीकरण यान्त्रिकीकरण, विशिष्टीकरण, व्यावसायीकरण र बजारीकरण गरी उत्पादन र उत्पादकत्व वृद्धिमा जोड दिने नीति गाउँपालिकाले लिएको बताइन्छ । 

    ‘असिना छेक्ने जाली कृषकलाई उपलब्ध गराइसकेका छौं भने प्लाष्टिक टनेल प्रदान गर्न बोलपत्र आह्वानलगायतका प्रक्रिया अघि बढाएका छौँ, छिट्टै मागका आधारमा कृषकलाई उपलब्ध गराउने छौं,’ उनले भने।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology