Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

होन्डा सीबी ३५० डीएलएक्स नेपालमा, यस्ता छन् विशेषता

होन्डा सीबी ३५० डीएलएक्स नेपालमा, यस्ता छन् विशेषता

  • 684
    SHARES
  • होन्डा सीबी ३५० डीएलएक्स नेपालमा, यस्ता छन् विशेषता

    काठमाडौ । बहु होन्डाको सीबी ३५० डीएलएक्स नेपालमा ल्याइसकेको छ । नेपालका लागि होन्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले बहु होन्डाको सीबी ३५० डीएलएक्स मंगलबार नेपाली बजारमा भित्र्याएको हो । 
     
    नेपाली बजारमा यस होन्डा सीबी ३५० डीएलएक्सको मूल्य ७ लाख ५० हजार तोकिएको छ । स्याकार ट्रेडिङका अध्यक्ष सौरभ ज्योतिद्वारा युट्युबमा प्रिमियर गरिएको एक भिडियोमार्फत् यस बाइकलाई मंगलबार नेपाली बजारमा सार्वजनिक गरिएको हो । 

    images

    ३५० को नेपालमा आकर्षक रेट्रो लुक्स मन पराउने सम्पूर्ण बाइक पारखीहरुको लागि निर्मित यस बाइकमा ३५० सीसीको इन्जिन रहेको छ । मोर्डन फिचरहरुले भरिपूर्ण यस बाइक सिंगल टोनमा प्रिसियस रेड मेटालिक, म्याट मार्सल ग्रिन मेटालिक, पर्ल नाइट स्टार ब्याल्क गरी ३ विभिन्न रंगहरुमा उपलब्ध छ ।

    रियल टाइम माइलेज, एभरेज माइलेज र डिस्ट्यान्स टू एम्प्टी सूचित गर्ने डिजिटल क्नसोल, रिङ्ग टाइप विंकरसहित एलईडी हेड ल्याम्प र टेल ल्याम्प, एस्सिट एण्ड सिल्पर क्लच् डिजिटल मिटर, लामो र आरमदायी सिटजस्ता यस बाइकको धेरैमध्येका केही विशेषताहरु हुन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology