Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

नेपाल-भारत मैत्री संघ काठमाडौं जिल्ला कार्य समितिद्वारा राहत वितरण

नेपाल-भारत मैत्री संघ काठमाडौं जिल्ला कार्य समितिद्वारा राहत वितरण

  • 1.3K
    SHARES
  • नेपाल-भारत मैत्री संघ काठमाडौं जिल्ला कार्य समितिद्वारा राहत वितरण

    काठमाडौं । नेपाल-भारत मैत्री संघ काठमाडौं जिल्ला कार्य समितिले लकडाउनको समयमा समस्यामा परेकाहरूलाई राहत वितरण गरेको छ । संघले नयाँबानेश्वरस्थित संगम चोकमा रहेको बाल आश्रम नयाँ नेपाल समाज केन्द्रलाई राहत वितरण गरेको हो । 

    images

    संघका केन्द्रीय सदस्य तथा समितिका अध्यक्ष देवी सुवेदी, बाग्मती प्रदेशका उपाध्यक्ष माधव तिमल्सेनाले समाजका अध्यक्ष कृष्ण गुरुङलाई खाद्य सामाग्री हस्तान्तरण गरेका हुन् ।  

    उक्त सामाग्री हस्तान्तरण कार्यक्रममा समितिका सचिव कृष्णप्रसाद धिताल, सदस्यहरू प्रमिला पौडेल, डबल गुरुङ, तारा पन्थीलगायत आजिवन सदस्यहरू शर्मिला ठकुरी, सुस्मा भेटवाल, कोपिला रेग्मी आदिको उपस्थिति रहेको थियो । 

    सो आश्रममा हाल ४० जना बालबालिकाहरू बसोबास गर्दै आइरहेका छन् ।   

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology