Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

बैतडीमा बाख्रालाई पीपीआर खोप

बैतडीमा बाख्रालाई पीपीआर खोप

  • 201
    SHARES
  • बैतडीमा बाख्रालाई पीपीआर खोप

    बैतडी । बैतडीमा ८० हजार बाख्रालाई पीपीआरविरूद्धको खोप लगाइएको छ । जिल्लाका दशवटै स्थानीय तहमा सो संख्यामा पीपीआरविरूद्धको खोप लगाइएको हो ।

    भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटनका प्रमुख गुमानीदत्त पन्तका अनुसार पीपीआर रोगबाट बचाउन बाख्रालाई खोप लगाइएको हो ।

    केन्द्रले जिल्लाका १० वटै स्थानीय तहमा बाख्रालाई लगाउनका लागि पीपीआर खोप पठाइएको र सोहीअुनसार लगाइएको जनाएको छ । यो अभियान दुई महिनासम्म सञ्चालन भएको थियो ।

    पीपीआर रोगबाट बाख्रालाई बचाउनका लागि जिल्लाभरी खोप अभियान सञ्चालन गरिएको प्रमुख पन्तले बताए ।

    प्रमुख पन्तले भने, ‘बाख्रामा पीपीआर रोग लागेमा ८० प्रतिशत मर्ने सम्भावना रहेकाले त्यो रोगबाट बचाउन खोप अभियान सञ्चालन गरिएको हो । क्षति नहोस भनेर सरकारले पीपीआर खोप लगाउने कार्यलाई प्राथमिकतामा राखेको छ ।’

    बाख्रामा पीपीआर रोग लागेमा पखाला लाग्ने, र्‍याल सिगान बगाउने, उच्च ज्वरो आउनेलगायत लक्षण देखा पर्ने र अन्त्यमा बाख्रा मर्ने गर्दछन् । गत वर्ष पनि बाख्रालाई पीपीआर खोप दिइएको थियो ।

    जिल्लाभरि किसानले करिब  डेढ लाखको हाराहारीमा बाख्रा पालेको र दुई सय बढी व्यावसायिक बाख्रापालक किसान कार्यालयमा सूचीकृत रहेका पन्तले जानकारी दिए ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij