Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

करेन्ट लागेर बालकको मृत्यु

करेन्ट लागेर बालकको मृत्यु

  • 653
    SHARES
  • करेन्ट लागेर बालकको मृत्यु

    झापा । विर्तामोड नगरपालिका-१० ठुटेबर चोकमा आज बिहान करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा डम्बरबहादुर गुरुङका तीन वर्षीय छोरा अभिनाश रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

    images

    गुरुङको बन्दै गरेको घरमा पानी तान्ने मोटरमा रहेको नांगो तार छुन पुग्दा बालकलाई करेन्ट लागेको थियो । घाइतेलाई उपचारका लागि बिर्तामोडस्थित मनमोहन अस्पताल पुर्याउन साथ चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले बताए । 

    छ दिनअघि मात्र कचनकवल गाउँपालिका-६ का ४० वर्षीय डोलु आलम मियाको पानी खाने क्रममा पानी तान्ने मोटरबाट नै करेन्ट लागि मृत्यु भएको थियो । 

  • सम्बन्धित विषय:

  • # करेन्ट

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology