Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

काठमाडौंसहित देशका अधिकांश स्थानमा वर्षा

काठमाडौंसहित देशका अधिकांश स्थानमा वर्षा

  • 186
    SHARES
  • काठमाडौंसहित देशका अधिकांश स्थानमा वर्षा

    काठमाडौं । स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावले राजधानी काठमाडौं उपत्यकासहित देशका आधिकांश स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाका मौसमविद् गोविन्दकुमार झाका अनुसार काठमाडौंमा विगत दुई घण्टादेखि मेघगर्जनरचट्याङसहित हल्का वर्षा भइरहेको छ । अहिले कोशी, बाग्मती, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भेगमा हल्का वर्षा भइरहेको छ ।

    पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले आज र भोलि बदलीसँगै वर्षा गराउने उनले बताए । रातिको समयमा पनि देशका पहाडी क्षेत्रमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

  • सम्बन्धित विषय:

  • # बेमौसम

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij