Logo

२०७८, आषाढ ५ गते शनिवार

२०७८, आषाढ ५ गते शनिवार

पतञ्जली योगपीठले उत्पादन गरेको कोरोनिल किट् वितरण नगर्नू: आयुर्वेद विभाग

पतञ्जली योगपीठले उत्पादन गरेको कोरोनिल किट् वितरण नगर्नू: आयुर्वेद विभाग

  • 118
    SHARES
  • पतञ्जली योगपीठले उत्पादन गरेको कोरोनिल किट् वितरण नगर्नू: आयुर्वेद विभाग

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले भारतीय योगगुरु रामदेवको पतञ्जली योगपीठले उत्पादन गरेको कोरोनिल किट वितरण नगर्न निर्देशन दिएको छ ।

    कोरोना भाइरसविरुद्ध प्रभावकारी नभएको भन्दै विभागले सो किट वितरण नगर्न निर्देशन दिएको हो । विभागका महानिर्देशक डा.वासुदेव उपाध्यायले उक्त किटले स्वास्थ्यमा असर नपर्ने देखिए पनि विभागमा दर्ता नभएकाले वितरण नगर्ने निर्णय गरिएको बताए ।

    विभागले पतञ्जलीले उपहारस्वरुप दिएका ती किट नेपालको औषधि व्यवस्था विभागमा दर्ता नभएकोसमेत जनाएको छ ।पतञ्जलीको तर्फबाट गतसाता १५  सय किट्तत्कालीन स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई बुझाइएको थियो । यसअघि भुटानले पनि कोरोनिल किटमा रोक लगाइसकेको छ । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology