Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

भैरव अर्यालको जीवनीमा आधारित ‘भग्न भैरव’ उपन्यास लोकार्पण

भैरव अर्यालको जीवनीमा आधारित ‘भग्न भैरव’ उपन्यास लोकार्पण

  • 227
    SHARES
  • भैरव अर्यालको जीवनीमा आधारित ‘भग्न भैरव’ उपन्यास लोकार्पण

    काठमाडाैं । कुशल हास्य–व्यङ्ग्यशिल्पी भैरव अर्यालको जीवनीमा आधारित ‘भग्न भैरव’ उपन्यास लोकार्पण गरिएको छ । लेखक प्रोल्लास सिन्धुलीयद्वारा लिखित भग्न भैरव काठमाडौंस्थित बत्तिसपुतलिको शिल्पी थिएटरमा लोकार्पण गरिएको हो ।

    images

    उपन्यासमा अर्यालको जीवनी र आख्यानलाई एकसाथ प्रस्तुत गरिएको छ । आफू रोएर पनि अरुलाई हसाउन सक्ने स्वभावका भैरव अर्यालको वास्तविक घटनामा आधारित रही पुस्तक लेखिएको लेखक सिन्धुलीयको भनाइ छ ।

    कार्यक्रममा पत्रकार रोचक घिमिरेले हास्यव्यङ्ग्य क्षेत्रमा भैरव अर्यालको अतुलनीय योगदान रहेको बताए । भैरव आर्यालले हास्यव्यङ्ग्य क्षेत्रमा लेखेका लेखमार्फत नेपाली साहित्य जगतले ठूलो फड्को मारेको उनको भनाइ छ ।

    भैरव अर्यालसँग निकट सम्बन्ध भएका कारण पत्रकार घिमिरेले आफू यो स्थान सम्म पुग्न सहयोग मिलेको बताए ।

    भैरव अर्याल र रमेश विकलका लेखमार्फत साहित्य क्षेत्रमा आफ्नो रुचि बढेको उनको भनाइ छ । भैरव अर्यालसँगको पहिलो भेटबाटै एक अर्का प्रति आकर्षित भएका कारण पनि साहित्य क्षेत्रमा केही सहजता पाएको उनले स्मरण गरे ।

    कवियत्री ज्योती जंगलले आफूले प्रत्यक्ष देख्न भेट्न नपाए पनि पुस्तकमार्फत उनलाई नियाल्दा सकारात्मक धारणा पाएको बताइन् ।

    साहित्यकार नारायण ढकालले आफू भैरव अर्यालका छिमेकी रहेको भन्दै उनीसँग प्रभावित भइ नयाँ कुरा सिक्ने अवसर पाएको बताए ।

    पुस्तकमा भैरव अर्यालको जीवनीका ७० वटा घटनाक्रम प्रस्तुत गरिएको छ । लेखक प्रोल्लास सिन्धुलीयले भग्न भैरव पुस्तक लेखनका क्रममा पत्रकार रोचक घिमिरेको ठूलो भूमिका महत्वपूर्ण रहेको बताए ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology