Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

रोल्पामा जीप दुर्घटना एकको मृत्यु, नौ घाइते

रोल्पामा जीप दुर्घटना एकको मृत्यु, नौ घाइते

  • 243
    SHARES
  • रोल्पामा जीप दुर्घटना एकको मृत्यु, नौ घाइते

    रोल्पा । रोल्पामा जीप दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा गंगादेव गाउँपालिका-२ ओइलाम निवासी १५ वर्षीय तिलक वली रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी उपरीक्षक श्याम सारुमगरले जानकारी दिए ।

    तुलसीपुरदेखि रोल्पाको गंगादेव गाउँपालिका-६ ताप्लातर्फ आउँदै गरेको लु१ज४७५५ नम्बरको डबल क्याप जीप आज बेलुकी ४ः३० बजेको समयमा रोल्पाको गंगादेव गाउँपालिका-२ हेलुमखोलास्थित दुर्घटना भएको प्रहरीले जनाएको छ ।

    जीप ओरालो कच्ची बाटोमा अचानक ब्रेक फेल र स्टेरिङले काम नगरी सडकबाट करिब तीन सय मिटर तल खसी दुर्घटना भएको प्रहरी प्रमुख सारुमगरले बताए ।

    जीपमा सवार चालकसहित १० जनामध्ये नौ घाइते भएका छन । घाइतेलाई तत्काल उद्धार गरी स्थानीय स्वास्थ्य संस्थामा उपचारपछि थप उपचारका लागि दाङतर्फ पठाइएको प्रहरीले बताएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij