Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

कांग्रेसबाट मन्त्री बनेका थापाको बर्खास्तीको माग गर्दै कर्णाली प्रदेशसभा बैठक आज पनि स्थगित 

कांग्रेसबाट मन्त्री बनेका थापाको बर्खास्तीको माग गर्दै कर्णाली प्रदेशसभा बैठक आज पनि स्थगित 

  • 695
    SHARES
  • कांग्रेसबाट मन्त्री बनेका थापाको बर्खास्तीको माग गर्दै कर्णाली प्रदेशसभा बैठक आज पनि स्थगित 

    काठमाडौं । आज (बुधबार) बसेको कर्णाली प्रदेशसभा बैठक प्रतिपक्षीदल नेकपा एमालेका कारण स्थपगित भएको छ । नेपाली कांग्रेसबाट हालै मन्त्री बनेका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री अम्मरबहादुर थापालाई बर्खास्त गर्न माग गर्दै बुधबार पनि एमालेले प्रदेशसभा बैठक अवरुद्ध गरेको हो । 

    images

    बुधबार बसेको बैठकको सुरुमै एमाले प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले आफूहरुले उठाएको मागमा सरकारले कुनै जवाफ नदिएको र मन्त्री थापाको विषयमा पनि कुनै निर्णय नभएकाले बैठकको कामकारवाही अघि बढ्न नसक्ने बताए । 

    कँडेलले थापामाथि नैतिक पतन जस्तो गम्भीर मुद्दा प्रमाणित भइसकेको बताउँदै जेठ तीस गतेसम्म सदनमा आउन नदिने प्रस्ताव आफूहरुले स्वीकार गरे पनि लिखित सहमति सरकारले गर्न नचाहेको आरोप लगाए ।

    सरकारले जेठ २४ गते सभामुखको पहलमा बसेको सर्वदलीय बैठकमा राखेको प्रस्ताव एमालेले स्वीकार गरे पनि त्यसबाट सरकार भागेको उनले बताए ।

    त्यस्तै उनले सदनबाट बजेट ल्याउने कर्णाली सरकारको नियत नदेखिएको टिप्पणी पनि गरे । सबै दोष एमालेलाई देखाएर सरकारले अध्यादेशमार्फत बजेट ल्याउन खोजेको कँडेलको आरोप छ ।

    दोषी करार व्यक्ति सभामा राख्ने स्थितिको अन्त्य र सुधार नगरेसम्म बैठक चल्न नदिने भन्दै एमालेका सदस्यले उठेर विरोध जनाएपछि बुधबार पनि बैठक स्थगित भएको हो । यसअघि सोमबार र मंगलबार पनि प्रदेशसभाको बैठक अवरुद्ध भएको थियो ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology