Logo

२०७८, आषाढ ५ गते शनिवार

२०७८, आषाढ ५ गते शनिवार

संगीतकार शम्भुजीत बाँस्कोटाद्वारा ‘एनआरएन द सिंगर’मा भाग लिन आह्वान

संगीतकार शम्भुजीत बाँस्कोटाद्वारा ‘एनआरएन द सिंगर’मा भाग लिन आह्वान

  • 83
    SHARES
  • संगीतकार शम्भुजीत बाँस्कोटाद्वारा ‘एनआरएन द सिंगर’मा भाग लिन आह्वान

    काठमाडौं । संगीतकार शम्भुजीत बाँस्कोटाले विश्वभरि छरिएर रहेका नेपाली सांगीतिक प्रतिभालाई ‘एनआरएन द सिङ्गर’मा भाग लिन आह्वान गरेका छन् ।

    गैर-आवासीय नेपाली संघ (एनआरएनए) को साप्ताहिक श्रृंखला ‘प्रवासी प्रवाह’ मा बोल्दै उनले विदेशमा छरिएर रहेका सबै नेपालीभाषी प्रतिभालाई भाग लिन आह्वान गरेका हुन् ।

    गैरआवासीय नेपाली संघले आयोजना गर्न लागेको  ‘एनआरएन द सिंगर’ कार्यक्रममा बाँस्कोटा निर्णायक मण्डलमा छन् । ‘एनआरएनएले विश्वभरि छरिएर रहेका नेपाली प्रतिभाको खोजी गरिरहेको छ,’ उनले भने ‘म सबैजनालाई यो मञ्चमा सहभागी भएर आफ्नो प्रतिभाको पहिचान गर्नका लागि आह्वान गर्दछु ।’

    उनले गीतहरू चल्नु वा नचल्नु आफ्नो ठाउँमा भए पनि आफूसँग भएको कला भने कालजयी हुने पनि बताए । यही जुन महिनाको २१ देखि गैरआवासीय नेपाली संघले  ‘एनआरएन द सिंगर’ का लागि डिजिटल अडिशन सुरु गर्ने भएको छ ।

    नेपालीभाषी कलाकारहरुको पहिचान

    प्रवासमा रहेका नेपालीभाषी कलाकारहरुको पहिचान गर्ने ‘सांगीतिक रियालिटी शो’का लागि अडिसनको तयारी भइरहेको संयोजक गोविन्दप्रसाद गौतमले बताए । विश्वभरि छरिएका नेपाली प्रतिभालाई चिनाउने र विश्वभर स्थापित गर्ने उद्देश्यका साथ यो प्रतियोगिता हुन लागेको हो ।

    प्रतियोगितामा नेपाल र सार्कबाहेक विश्वका ८२ राष्ट्रमा छरिएर रहेका १५ वर्षमाथिका नेपालीभाषीले भाग लिन सक्नेछन् ।  उनकाअनुसार प्रतियोगिताका लागि सहभागी हुन चाहनेले गीतको भिडियो बनाएर कार्यक्रमको एपमा राख्नुपर्नेछ । यो अडिसन सुरुमा सबै महादेशबाट सामाजिक सञ्जालहरूमा प्रत्यक्ष प्रशारण र नेपाली टेलिभिजनहरूबाट पनि प्रशारण हुनेछ।

    यो प्रतियोगिताको संयोजन एनआरएनए आइसीसीको संस्कृति तथा सम्पदा उपसमितिले गरिरहेको छ  । प्रतियोगिताको निर्णायक मण्डलमा बाँस्कोटासहित गायक शम्भु राई, गायिका शर्मिला बर्देवा तथा एनआरएनएका पूर्वअध्यक्ष तथा नियात्राकार जीवा लामिछाने रहेका छन् ।

    एनआरएनएको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहमा बोल्दै बाँस्कोटाले आफूले जहिले पनि नेपाली संगीतको अन्तर्राष्ट्रीयकरण होस् भन्ने चाहेको र यो कार्यक्रमले नयाँ र राम्रा प्रतिभाहरूको पहिचान गर्ने विश्वास व्यक्त गरे ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology