काडमाडौं । मल्टि-सिस्टम इन्फ्लामेटरी सिन्ड्रोम भनेको कोरोना भाइरस संक्रमित बालबालिकाको मुटु,फोक्सो, मिर्गौला, छाला, आँखाजस्ता अंगहरू सुन्निने समस्या हो । यो सामान्यतया कोरोना संक्रमित भएको २ देखि ४ हप्तापछि देखापर्छ ।
समयमै चिकित्सककहाँ नपुग्दा फोक्सो, मिर्गौला, मुटुमा असर पर्ने तथा शरीरले आफैं विकास गर्ने रोग प्रतिरोधी क्षमतामा ह्रास आउनेजस्ता समस्या हुन्छन् ।
बेलैमा उपचार नगरे यसको असर पछिसम्म पनि देखा पर्नसक्छ वा त्यसको प्रभाव शरीरका अन्य अंगहरूमा धेरैपछि पनि देखिन्छ ।
यसका लक्षण
आँखा रातो हुने,
ज्वरो आउने,
सास फेर्न गाह्रो हुने,
घाँटी दुख्नु,
पेट दुख्नु,
पखाला लाग्नु,
छाला, ओठ वा नङ निलो हुनु,
शरीरमा डाबर आउनु र
थकान महसुस हुनु ।
बालबालिकामा यस्ता लक्षण देखिए के गर्ने ?
कोरोना संक्रमित वा संक्रमितसँग सम्पर्कमा आएका बालबालिकालाई तीन दिनसम्म ज्वरो आएपछि र माथि उल्लेखितमध्ये कम्तिमा दुई वटा लक्षणहरू देखा परेमा तुरुन्त अस्पताल लैजानुपर्छ ।
यो समस्या के कारणले देखिन्छ भनेर एकिन भइसकेको छैन । तर कोरोना भाइरस संक्रमित वा संक्रमितसँग सम्पर्कमा आएका बालबालिकामा देखिने गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यसैले यस्तो समस्या आउनै नदिन जनस्वास्थ्यका मापदण्ड पालना गर्न गराउन मन्त्रालयले सबैलाई आग्रह गरेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology