Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

टिभी कार्यक्रममा पाकिस्तानी सांसद र महिला नेताबीच हात हालाहाल  

टिभी कार्यक्रममा पाकिस्तानी सांसद र महिला नेताबीच हात हालाहाल  

  • 981
    SHARES
  • टिभी कार्यक्रममा पाकिस्तानी सांसद र महिला नेताबीच हात हालाहाल  

    इस्लामाबाद । पाकिस्तानमा एक टिभीमा भएको बहस कार्यक्रममा दुई नेताबीच हातपात भएको छ । सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा पाकिस्तान तहरिक ए इन्साप (पिटिआई) पार्टीकी नेता फिरदोस आशिक अवान र पिपिपि पार्टीका नेता अब्दुल कादिर खान मन्दोखलबीच हात हालाहाल भएको देख्न सकिन्छ ।

    images

    यसघटना पाकिस्तानी समाचार च्यान एक्सप्रेसन न्युजको कल तक नामको कार्यक्रमका क्रममा भएको हो । कार्यक्रम सञ्चालक जावेद चौधरीले कार्यक्रममा दुवै नेतालाई भ्रष्टाचारका विषयमा बहस गर्न बोलाएका थिए । सोही समयमा दुवै नेताबीच चर्को बहस भएको थियो ।

    पिपिपि नेता एंव सांसद मन्दोखलले फिरदोस आशिकलाई भ्रष्टाचारको आरोप लगाएका थिए । फिरदोसले आफूमाथि लगाएको भ्रष्टाचारको प्रमाण माग्दै मानहानिको मुद्दा चलाउने बताएकी थिइन् । यसै सिलसिलामा बहस चर्किदै जाँदा फिरदोसले सांसद मन्दोखललाई समातेर थप्पड हानिन् । यसपछि दुवैबीच हात हालाहालको स्थिति सिर्जना भयो । 

    पिटिआई नेता फिरदोस सूचना र प्रसारण मामिलामा पाकिस्तानका प्रधानमन्त्री इमरान खानको विशेष सहायक थिइन् र अहिले उनी पंजाब राज्यका मुख्यमन्त्रीको विशेष सहायक हुन् । त्यस्तै, कादिर खान मन्दोखल बिलावल भुट्टोको नेतृत्वमा रहेको पाकिस्तान पिपुल्स पार्टीबाट राष्ट्रिय सभाका सदस्य हुन् ।

    घटनाबारे फिरदाेसले स्पष्टिकरण दिइसकेकी छन् । उनले सांसद कादिरले लगातार अपशब्द बाेलेकाे र ब्रेकका समयमा धम्कीसमेत दिएकाले प्रतिरक्षाका लागि उत्रिएकाे बताइन् । उनले कादिरविरूद्ध महिला शाेषण र मानहानीकाे मुद्दा दर्ता गर्नेबारे कानुनी सल्लाहाकारसँग कुरा गरिरहेकाे जनाएकी छन् । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology