Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

दीपक मनाङे विपक्षी गठबन्धनतिर लागेपछि गण्डकीका मुख्यमन्त्री संकटमा 

दीपक मनाङे विपक्षी गठबन्धनतिर लागेपछि गण्डकीका मुख्यमन्त्री संकटमा 

  • 925
    SHARES
  • दीपक मनाङे विपक्षी गठबन्धनतिर लागेपछि गण्डकीका मुख्यमन्त्री संकटमा 

    काठमाडौं । गण्डकी प्रदेशका स्वतन्त्र सांसदले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई विश्वासको मत नदिने सम्भावना भएपछि मुख्यमन्त्रीमा गुरुङ संकटमा परेका छन् । मुख्यमन्त्री गुरुङले विश्वासको मत लिनका लागि बिहीबार प्रदेशसभा बैठक बस्दैछ । 

    images

    वैशाख २९ गते ठूलो दलको नेताको हैसियतमा गुरुङलाई प्रदेश प्रमुख सीता पौडेलले मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् । संवैधानिक व्यवस्थाअनुसार उनले एक महिनाभित्र विश्वासको मत लिइसक्नु पर्ने भएकाले आज बस्ने  प्रदेशसभामा गुरुङले विश्वासको मत लिने तय भएको छ ।

    गुरुङ नेकपा एमालेका सांसदसमेत हुन् । तर गण्डकीमा एमालेको बहुमत नरहेको र सरकारमै सहभागी स्वतन्त्र सांसद दिपक मनाङे (राजिव गुरूङ) ले उनलाई विश्वासको मत नदिने भएसँगै मुख्यमन्त्रीमा पुनः गुरुङ नै दोहोरिने सम्भावना कम भएको छ । 

    मनाङेले विपक्षी गठबन्धनलाई मत दिएमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री बन्न सक्छन् । बुधबार सर्वोच्च अदालतबाट पुनर्वहाली भएका राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाले मुख्यमन्त्री गुरुङलाई विश्वासको मत दिने भएका छन्, तर पनि गुरुङलाई थप दुई मत आवश्यक छ । 

    राजमोका अन्य दुई सांसद पनि विपक्षी गठबन्धनको पक्षमा उभिएका छन् । विपक्ष गठबन्धनमा कांग्रेसका १५, माओवादीका ११, राष्ट्रिय जनमोर्चाका ३ जना, जनता समाजवादी पार्टी, नेपाल (जसपा) का २ जना र स्वतन्त्र दिपक मनाङे छन् भने सतारुढ एमालेका २७ जना सांसद छन् ।

    ६० सदस्यीय प्रदेशसभामा दुईतिहाइ पुर्याउन ३१ सांसद चाहिन्छ मनाङे पनि विपक्षी गठबन्धनसँग लागेपछि मुख्यमन्त्री गुरुङको सरकार ढल्नेछ । उनले आफू प्रदेशसभा विघटनको विपक्षमा रहेको भन्दै विपक्षले बहुमत पुर्‍याउने अवस्था आएमा साथ दिने अडान राखेका छन् ।

    गण्डकीः 'तानातान' मा एक सांसद गण्डकीः 'तानातान' मा एक सांसद

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology