Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

सरकार भन्छ- कोरोनाबाट बच्न सुर्तीजन्य प्रदार्थ सेवन नगर्नु

सरकार भन्छ- कोरोनाबाट बच्न सुर्तीजन्य प्रदार्थ सेवन नगर्नु

  • 347
    SHARES
  • सरकार भन्छ- कोरोनाबाट बच्न सुर्तीजन्य प्रदार्थ सेवन नगर्नु

    काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमणबाट बच्न सुर्तीजन्य प्रदार्थको सेवन नगर्न आग्रह गरेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै सूर्तीजन्य पदार्थको सेवनले रोगप्रतिरोधात्मक शक्तिलाई असर गरि संक्रमण हुने सम्भावना बढाउँने हुँदा सूर्तीजन्य पदार्थको सेवन नगर्न आग्रह गरेको हो ।

    सुर्तीजन्य पदार्थ सेवन गर्दा ओठ, मुख औलाले छुनुपर्ने हुँदा कोरोना संक्रमण सजिलै सर्ने सम्भावना बढी हुने मन्त्रालयले जनाएको छ ।

    सूर्तीजन्य पदार्थ एक आपसमा साटासाट गरि सेवन गर्ने क्रममा एक व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमण सर्न सम्भावना बढी रहने मन्त्रालयको भनाइ छ ।

    कोरोना भाइरसले फोक्सोलाई क्षति पुर्‍याउने हुँदा सूर्तीजन्य पदार्थ सेवन गर्नेको फोक्सोमा पहिले नै समस्या भइसकेकोले थप जटित निम्त्याउने सूचनामा उल्लेख गरेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij