Logo

२०७८, आषाढ ५ गते शनिवार

२०७८, आषाढ ५ गते शनिवार

माछा मार्न गएका व्यक्ति चार दिनदेखि बेपत्ता

माछा मार्न गएका व्यक्ति चार दिनदेखि बेपत्ता

  • 100
    SHARES
  • माछा मार्न गएका व्यक्ति चार दिनदेखि बेपत्ता

    तनहुँ । त्रिशूली नदीमा माछा मार्न गएका यहाँका एक व्यक्तिलाई चार दिन बितिसक्दा पनि घर नफर्किएपछि परिवारजन चिन्तित भएका छन् । 

    आँबुखैरेनी गाउँपालिका-४ स्थित पूर्वबेँसी निवासी २३ वर्षीय चिरन गुरुङ घर नफर्किएपछि परिवारजन चिन्तित भएका हुन् । यही जेठ २३ गते साँझ ८ः०० बजेको समयमा माछा मार्न भनी हिँडेका गुरुङ घर नफर्किएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ ।

    गुरुङ घर नफर्किएपछि सोमबारदेखि आफन्तका साथमा खोजी गरे पनि भेट्टाउन नसकिएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक विकास थापाले जानकारी र्दिए ।

    वर्षायाम भएकाले नदीले बगायो कि भनेर खोजी गर्दै जाँदा नदी किनारमा निजले लगाएको चप्पल, कपडा, माछा मारेर राख्ने भाँडोलगायतका सामग्री भेट्टिएकाले बगाएको आशंका गरिएको उनले बताए ।

    मुग्लिनबाट करिब पाँच किलोमिटर दूरीसम्म खोजी गरिए पनि फेला पार्न नसकिएको र मातहतका प्रहरी कार्यालयमा पनि यस विषयमा जानकारी गराइएको उनले बताए । 

  • सम्बन्धित विषय:

  • # बेपत्ता

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology