Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

भारतले कोरोनाबाट मृत्यु हुनेको तथ्यांक सच्याउँदा ३ हजार मृतक थपिए

भारतले कोरोनाबाट मृत्यु हुनेको तथ्यांक सच्याउँदा ३ हजार मृतक थपिए

  • 542
    SHARES
  • भारतले कोरोनाबाट मृत्यु हुनेको तथ्यांक सच्याउँदा ३ हजार मृतक थपिए

    नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको दैनिक संक्रमण एक लाखभन्दा थोरै भएको वेला बुधबार मृत्यु सर्वाधिक भएको छ । २४ घण्टामा ९३ हजार आठ सय जना संक्रमित भएका छन् । तर मृत्यु हुनेको संख्या यसअघिको तुलनामा दुई गुणा बढी छ हजार एक सय ३८ छ ।

    images

    कोरोना संक्रमणबाट एकैदिनमा ज्यान गुमाउनेको यो संख्या अहिलेसम्मकै सबैभन्दा बढी हो । यसभन्दा अघि मे १८ मा चार हजार पाँच सय २९ जनाको मृत्यु भएको थियो । 

    बिहार राज्यमा मृत्यु भएका मानिसहरुको तथ्यांक अद्यावधिक गर्दा तीन हजार नौ सय ५१ जना मृतक संख्या थपिएका हुन् । त्यहाँ अहिलेसम्म पाँच हजार चार सय ५८ जनाको मृत्यु भएको बताइएको थियो, अब कुल मृत्यु हुनेको संख्या नौ हजार चार सय २९ पुगेको छ । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology