Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

कोरोना संक्रमित मुखिया परिवारको उपचारका लागि आर्थिक सहयोगको याचना

कोरोना संक्रमित मुखिया परिवारको उपचारका लागि आर्थिक सहयोगको याचना

  • 1.5K
    SHARES
  • कोरोना संक्रमित मुखिया परिवारको उपचारका लागि आर्थिक सहयोगको याचना

    काठमाडौं । एकै परिवारका चारजना कोरोना संक्रमित बनेपछि इलाम नयाँ बजारका खोमा मुखिया परिवारले उपचारका लागि आर्थिक सहयोगका लागि सबैसँग अपिल गरेको छ ।

    images

    इलाम नयाँबजार स्थायी ठेगाना भई चारवर्षदेखि काठमाडौं बस्दै आएका मुखिया परिवारका चारजना सदस्य कोरोना संक्रमित चारदिनअघि बालाजुस्थित जनमैत्री अस्पताल भर्ना भएका थिए ।

    कोरोना परीक्षण गर्न अस्पतालले लिएको शुल्क साथै औषधि र चिकित्सकको शुल्कका लागि अहिलेसम्म जम्मा भएको सबै रकम सकिएपछि सुनुवार परिवारले आर्थिक सहयोगको याचना गरेको हो । 

    उनीहरु चार जनाबाट कोरोना परीक्षण गर्नका लागि अस्पतालले जनही २ हजारका दरले ८ हजार रुपैयाँ लिएको परिवार स्रोतले बताएको छ ।

    परिवारका चार सदस्यमध्ये खोमा मुखिया (३५),लाेकबहादुर मुखिया (४०), बबिन मुखिया (१९) र बबिना मुखिया (१६) इलामको नयाँ बजार निवासी मुखिया परिवारका सबै सदस्यमा कोरोना संक्रमित भएपछि जनमैत्री अस्पताल काठमाडौंमा उपचाररत छन् ।

    चार सदस्यमध्ये ३५ वर्षीय खोमा र छोरा १९ वर्षीय बबिन मुखियाको अवस्था गम्भीर रहेको मुखियाका आफन्त रबिन दाहालले जानकारी दिए । ४० वर्षीय सुनुवार र छोरी १६ वर्षीय बबिना मुखिया भने अहिले घरकै आइसोलेसनमा सामान्य उपचारमा रहेको दाहालले बताए । मुखिया परिवारको उपचारका लागि दाहालद्वारा गरिएको अपिल यस्तो छ:

    सबैलाई नमस्कार
     
    म यहाँ केही सहयोग माग्दै छु।  मेरो सानिमा र उहाँको परिवारका सदस्यहरू सबै कोभिडबाट पीडित हुनुहुन्छ र अहिले जनमैत्री अस्पतालमा उपचारका क्रममा हुनुहुन्छ र  उहाँहरूको आर्थिक अवस्था एकदम दयनीय  छ । अहिले सानिमा र भाइ चाहिँ जनमैत्री अस्पतालमा हुनुहुन्छ भने सानाबा र बहिनी चाहिँ होम आइसोलेसनमा हुनुहुन्छ ।

    आशा गर्दछु कि तपाईं सबै यसमा समन्वय गर्नुहुन्छ । यदि तपाईं मद्दत गर्न चाहानुहुन्छ भने कृपया ईसेवा आईडी 9816025083 मा  अथवा सनराइज बैंकको खाता नम्बर 01210338889017 (Rabin Dahal)  मा रकम स्थानान्तरण गरिदिनुहुन विनम्र अनुरोध गर्दछु ।

    हजुरहरुको सानो सहयोगले संक्रमित परिवारलाई ठूलो सहयोग पुग्नेछ। 

    धन्यवाद ।

     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology