Logo

२०७८, आषाढ ५ गते शनिवार

२०७८, आषाढ ५ गते शनिवार

अमेरिकाले टिकटकसहित नौ वटा चिनियाँ एपमा लगाएको प्रतिबन्ध हटायो

अमेरिकाले टिकटकसहित नौ वटा चिनियाँ एपमा लगाएको प्रतिबन्ध हटायो

  • 87
    SHARES
  • अमेरिकाले टिकटकसहित नौ वटा चिनियाँ एपमा लगाएको प्रतिबन्ध हटायो

    वाशिंटन । अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो पहिलो विदेश यात्रामा निस्किनु अघि चिनियाँ एपमाथि लगाएको प्रतिबन्ध हटाएका छन् । पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरी ५ मा टिकटकसहित नौ वटा चिनियाँ एपमा प्रतिबन्ध लगाएका थिए ।

    ट्रम्पले यी एपहरु अमेरिकी नागरिक र सुरक्षाका लागि खतरायुक्त भएको भन्दै प्रतिबिन्ध गरेका थिए । एपहरुमा लगाएको प्रतिबन्ध हटाएपछि ह्वाइट हाउसले यस विषयमा पुनः विचार गरेर छिट्टै सही निर्णय लिने तयारीमा रहेको बताएको छ साथै बाहिरी देशबाट नियन्त्रित एपले अमेरिकाले कुनै खतराको सामना गर्नु नपर्ने गरी कडा कदम चालिने पनि जनाएको छ । 

    सन् २०१९ देखि ट्रम्पले चिनियाँ कम्पनीहरूमाथि प्रतिबन्ध लगाउन सुरु गरेका थिए । उनले विदेशमा निर्माण भएका प्रविधि, उपकरणको प्रयोग नगर्न कम्पनीहरुलाई आदेश दिएका थिए । 

     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology