Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

नागरिक लगानी कोषको लिलामी शेयरमा आवेदन मिति बिहीबारसम्म

नागरिक लगानी कोषको लिलामी शेयरमा आवेदन मिति बिहीबारसम्म

  • 536
    SHARES
  • नागरिक लगानी कोषको लिलामी शेयरमा आवेदन मिति बिहीबारसम्म

    काठमाडौं । नागरिक लगानी कोषको संस्थापक शेयर लिलामीमा आवेदन गर्ने बिहीबार अन्तिम दिन रहेको छ ।  एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको उक्त कोषको संस्थापक शेयर लिलामीमा आवेदन गर्ने बिहीबार बैंकिङ समयसम्म रहेको छ । 

    images

    बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको उक्त बैंकले कोषको ३ लाख ५० हजार ३ सय ६९ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो । कोषको न्यूनतम शेयरमूल्य १ हजार ३ सय ६६ रुपैयाँ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गनुपर्नेछ । 

    आवेदकले न्यूनतम १ सय कित्ताका लागि आवेदन दिन सक्नेछन् भने अधिकतम १० ले भाग जाने गरी अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन । साथै एनआईसी एशिया बैंकको केन्द्रीय कार्यलयहरु विराटनगर,पोखरा,बुटवल धनगढी र सुर्खेतबाट बोलपत्र पेश गर्न सक्नेछन् ।

     

  • सम्बन्धित विषय:

  • # शेयर

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology