Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

बिएन्डसी सम्बन्धन प्रक्रिया अघि बढाए अनशन बस्ने डा.केसीको चेतावनी

बिएन्डसी सम्बन्धन प्रक्रिया अघि बढाए अनशन बस्ने डा.केसीको चेतावनी

  • 634
    SHARES
  • बिएन्डसी सम्बन्धन प्रक्रिया अघि बढाए अनशन बस्ने डा.केसीको चेतावनी

    काठमाडौं । चिकित्सा क्षेत्रका अभियान्ता डा.गोविन्द केसीले चिकित्सा शिक्षा आयोगका पदाधिकारीहरूको अडान विपरीत बिएन्डसी मेडिकल कलेजको सम्बन्धनको प्रक्रियालाई अघि बढाए अनशन बस्ने चेतावनी दिएका छन् ।

    images

    चिकित्सा शिक्षा आयोगमा बिएन्डसी मेडिकल कलेजको सम्बन्धन प्रक्रिया विचाराधीन छ । काठमाडौं विश्वविद्यालयले सम्बन्धन अघि बढाउन सिफारिस गरेपछि त्यसबारे निर्णय लिन आयोगको बैठक बस्न खोजिरहेको छ ।

    हाल यमनमा रहेका डा.केसीले बिहीबार विज्ञप्तिमार्फत चिकित्सा शिक्षाको मर्यादा र संवेदनशीलता बुझेर त्यस्ता खाले निर्णय प्रक्रियामा संलग्न नहुन आयोगका सदस्यहरूलाई अनुरोध गरेका छन् ।

    ‘प्रधानमन्त्री केपी ओलीको गुण्डाराजलाई साथ दिने जो कसैलाई पनि जवाफदेही बनाउन हामीले कुनै कसर बाँकी राख्ने छैनौं,’डा.केसीले भनेका छन्, ‘प्रधानमन्त्रीले नै अवैध कार्य गराउने यस्तो कार्य विधिको शासनविरुद्धको अक्ष्यम्य अपराध हो ।’

    ‘हाल म द्वन्द्वग्रस्त मुलुक यमनका पिछडिएका ठाउँहरूमा सेवा दिएर नेपाल फर्कने क्रममा छु । चिकित्सा शिक्षा आयोगका पदाधिकारीहरूको अडान विपरीत जबरजस्ती सम्बन्धनको प्रक्रिया अघि बढाइयो भने म नेपाल फर्कनासाथ त्यस्तो हर्कतविरूद्ध सत्याग्रह सुरु गर्ने जानकारी गराउन चाहन्छु,’ विज्ञप्तिमा भनिएको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology