Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

आज कुन-कुन कम्पनीको शेयर मूल्य बढ्यो, हेर्नुहोस्

आज कुन-कुन कम्पनीको शेयर मूल्य बढ्यो, हेर्नुहोस्

  • 1.5K
    SHARES
  • आज कुन-कुन कम्पनीको शेयर मूल्य बढ्यो, हेर्नुहोस्

    काठमाडौं । कारोबारको दोस्रो घण्टामा बिहीबार नेप्से परिसूचक ०.४१ प्रतिशतले घटेको छ । नेप्से परिसूचक १२.२२ अंकले घटेर २ हजार ९ सय ३४.३६ विन्दुमा पुगेको हो । 

    images

    दोस्रो घण्टाको अवधिमा २ सय ११ वटा कम्पनीको ७ अर्ब ९० करोड १५ लाख ९४ हजार रुपैयाँ बराबरको शेयर खरीद-बिक्री भएको छ ।

    कारोबारको दोस्रो घण्टामा पाँचथर पावर कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ भने रिडी हाइड्रोपावर, बरुण हाइड्रोपावर, सीईडीबी हाइड्रोपावर, अरुण भ्याली हाइड्रोपावर र ङादी ग्रुप पावरको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । 

    यस अवधिमा सर्वाधिक कारोबार भएको एचआईडिसीएलको ५८ करोड ८२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने कम्पनीको शेयर मूल्य ५ सय ७७ रुपैयाँमा कारोबार भइरहेको छ ।

    दोस्रो घण्टामा कारोबारमा आएका १३ वटा समूहको परिसूचकमध्ये बैंकिङ, व्यापार, विकास बैंक, वित्त, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त र जीवन बीमा समूहको परिसूचक घटेको छ भने बाँकी होटल्स तथा पर्यटन, जलविद्युत्, म्युचुअल फण्ड र लगानी समूहको परिसूचक बढेको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology